नवराज सिलवालले उम्मेदवारी दर्ता गराए, बन्लान त गृहमन्त्री ?


 


ललितपुर, कात्तिक १६
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताउनुभयो ।

यसैगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट क्षेत्र नं १ मा दीपक लामा, २ मा रत्न महर्जन र ३ मा दलबहादुर लिम्बूले मनोनयन दर्ता गर्नुभएको छ ।

प्रदेशसभाका लागि काँग्रेसबाट क्षेत्र नं १ (क) मा ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन, क्षेत्र नं २ (क) मा पवनविक्रम थापा र खमा पे्रमकृष्ण महर्जन तथा क्षेत्र नं ३ (क) मा नवराज महत र खमा शिवराम बानियाँले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ (क) मा सुशीला पुन र खमा चेतनाथ सञ्जेल, क्षेत्र नं २ (क) मा माधव पौडेल र खमा ज्ञानेन्द्र शाक्य तथा क्षेत्र नं ३ (क)मा राजकाजी महर्जन र खमा जीवन खड्काले मनोनयन दर्ता गराउनुभएको छ ।

नयाँ शक्ति पार्टीबाट क्षेत्र नं २ (क) मा चन्द्र महर्जन र खमा लक्ष्मीकुमार श्रेष्ठ तथा क्षेत्र नं ३ (क) मा विनोद महर्जन र ३(ख) मा ईश्वर घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत दवाडीले बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १३ जनाबाट उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्