अनिल शाह मेगा बैंक छाड्दै, सेन्चुरी बैंक जाँदै


 


काठमाडौं, कात्तिक १६
अन्ततः चर्चित बैंकर अनिल शाह मेगा बैंक छाड्ने भएका छन् । शाह छिट्टै सेञ्चुरी कमर्सियल बैंकमा सिइओ भएर जान लागेका हुन् ।

दुई पटकसम्म मेगा बैंकको सिइओ रहेका शाह दुई पटकको कार्यकाल सकिन लागेपछि सेञ्चुरी बैंक जान लागेका हुन् ।

शाहको मेगा बैंकमा यही मंसिर महिनामा सेवा अवधि सकिदैछ । लगत्तै उनले सेञ्चुरी बैंक ज्वाइन्ट गर्ने बताइएको छ ।

दुई पटक भन्दा बढी सिइओ हुन नपाउने बैंक तथा वित्तिय संस्था सम्बन्धी कानुन (बाफिया) र संघ संस्थासँग भएको सहमति अनुसार शाहले मेघा बैंक छाड्नु पर्ने बाध्यता छ ।

 

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्