झापा ५ बाट एमाले अध्यक्ष ओलीको उम्मेदवारी


 


झापा, कात्तिक १६
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् ।

बिहीबार काठमाडौंबाट उमेदवारी दर्ता गर्न झापा पुगेका ओलीले २ बजे उमेदवारी दर्ताका लागि समय लिएका थिए । उनले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् ।

उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उमेदवारी दिएका छन् । यसअघि झापा ७ बाट उमेदवार बन्दै आएका ओली नयाँ संरचनाअनुसार पाँच क्षेत्र भएपछि सो क्षेत्रमा पुगेका हुन् ।

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्