सुनचाँदीको मुल्य बढ्यो, हेर्नुहोस


 


काठमाडौं, कात्तिक १६
आज सुनचाँदीको भाउ आज बढेको छ । आज सुन प्रतितोला तिन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाले बढेको छ ।

चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्