बढेको १२ घण्टा नबित्तै पेट्रोलियम पर्दाथको मुल्य बृद्धि फिर्ता


 


काठमाडौँ,  कात्तिक १७

नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको आकस्मिक बैठकले हिजो बढाइएको इन्धनको मूल्य १२ घण्टा नबित्तै मुल्य बृद्धि फिर्ता गरेको छ ।

बढेको मूल्य फिर्ता भएसँग पुरानै मूल्यमा इन्धन पाइने भएको छ । निगम सञ्चालक समितिका अध्यक्ष तथा आपुर्ति सचिव कृष्णप्रसाद देवकोटाका अनुसार बिहीबार विहान १० बजेदेखि लागू हुनेगरी पुरानै मुल्यमा इन्धन खरिद-बिक्रि गर्नु पर्ने छ ।

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ ५० पैसाका दरले मूल्य बढाएको थियो । यसैगरी खाना पकाउने एलपी ग्यासमा सबैभन्दा धेरै प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्