तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल कात्तिक १६ गते बिहीबार । तदअनुसार २०१७ नोभेम्बर २ तारिख । नेपाल संवत् ११३८ कछलाथ्व , कार्तिक शुक्लपक्ष, तिथि– त्रयोदशी ।
तपाईको आजको दिन कस्तो रहन्छ त हेर्नुहोस राशिफल
मेष
ब्यापार व्यवसायमा सफलता मिल्नेछ । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहने देखिएको छ । मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् ।
बृष
नयाँ काम गर्न जोश जाँगर हुनेछ । कामको लागत बढ्न सक्नेछ । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला ।
मिथुन
आजको दिन तपाइको शुभ रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ ।
कर्कट
धर्मकर्ममा रुची जाग्नेछ । चिताएका कुराहरु पुरा हुनेछन् । लामो दुरीको यात्रा नगर्दा राम्रो हुनेछ ।
सिंह
स्वास्थ्यमा केहि गडबडी आउने छ । ठुलो भागको आशा राख्दा केहि भाग गुम्ने छ । आफन्त र शुभचिन्तकको साथ सहयोग भने मिल्नेछ ।
कन्या
ब्यबसायबाट फाईदा हुनेछ । मित्रता र आफन्तको सम्बन्ध अझै बढ्नेछ । यात्रामा केहि बस्तु गुम्ने देखिएको छ ।

तुला
धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । व्यापार व्यवसायबाट सफलता मिल्नेछ ।
वृश्चिक
मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । धन आर्जन हुने योग रहेको छ । स्वास्थ्यमा भने केहि समस्या आउने छ
धनु
लगनशीलताले प्रतिष्ठा जोगाउने छ । टाढिएका आफन्तहरु नजिकिने छन । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।
मकर
चिताएका काम सजिलै नबन्न पनि सक्नेछन । मान्यजनको साथ मिल्नेछ । आश मारेको नतिजा राम्रो प्राप्त हुनेछ ।
कुम्भ
धन आर्जन हुने योग छ । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला ।
मिन
आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् । बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ ।

 

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्