एमालेले लगायो प्रदेश नम्बर ४ का उमेद्वारको टुङ्गो, हेर्नुहोस सुची


 


काठमाडौं, कात्तिक १५
नेकपा एमालेले प्रदेश नम्बर ४ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको नाम टुंगो लगाएको छ । यसअघिनै ६ र ७ का उम्मेदवारको नाम टुंगो लागिसकेको छ ।
एमालेका प्रदेश संयोजक गुरुङ ४ नम्बर प्रदेशको मुख्य मन्त्रीको दावेदारका रुपमा तनहुँबाट प्रदेशसभा उम्मेदवार बनेका छन् । उनी यसअघिनै निर्विकल्प रुपमा मुख्यमन्त्रीका रुपमा प्रदेशमा गए पनि लम्जुङबाट पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ पनि प्रदेशसभाकै उम्मेदवार बनेका छन् ।


प्रदेश नम्बर ४ मा प्रतिनिधिसभाका १८ निर्बाचन क्षेत्रमध्ये एमालेले १३ र माओवादीले ५ सिट बाँडेका छन् । एमालेले कास्कीका तीनै सिट लिएको छ भने तनहँुका दुवै सिट पाएको छ ।
त्यस्तै स्याङजामा पनि प्रतिनिधिसभाका दुवै सिट एमालेले पाएको छ । नवलपुरका दुई मध्ये एउटा एमालेले र एउटा माओवादीले पाएका छन् । त्यस्तै पर्वतमा पनि प्रतिनिधिसभा एमालेले पाएको छ ।
प्रदेशसभाका ३६ सिटमध्ये एमाले र माओवादीले बराबरी १८/१८ सिट बाँडेका छन् ।

यी हुन एमालेका प्रदेश ४ का उम्मेदवार हेर्नुहोस सुुचि
तनहुँ १– कृष्णकुमार श्रेष्ठ
तनहुँ २– केदार सिग्देल
कास्की १–खगराज अधिकारी
कास्की २– रविन्द्र अधिकारी
कास्की ३– जगत विश्वकर्मा
पर्वत– पदम गिरी
नवलपुर २– तिलक महत
स्याङ्जा १– नारायण मरासिनी
स्याङ्जा २– पद्माकुमारी अर्याल

प्रदेशसभाका उम्मेदवार
पर्वत ‘ख’ विकास लम्साल
कास्की १ ‘ख’ मनवहादुर गुरुङ
कास्की २ ‘क’ कृष्ण थापा
कास्की ३ ‘ख’ राजिव पहारी
तनहँु १ ‘क’ रामवहादुर गुरुङ
तनहँु २ ‘ख’ किरण गुरुङ
स्याङ्जा १ ‘ख’ मीनप्रसाद गुरुङ
स्याङ्जा २ ‘क’ मोहन रेगमी
नवलपुर १ ‘ख’ रोशन गाहा मगर
नवलपुर २ ‘ख’ जनकलाल श्रेष्ठ

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्