आफ्नै नवबिबाहित श्रीमान सहित परिवारका १५ जनाको हत्या गर्ने यिनी महिला


 


कात्तिक, १५
एक महिलालाई आफ्नो भर्खर बिहे गरेको श्रीमानसहित परिवारका १५ जनालाई विष मिसाएको लस्सी खान दिएर मारेकाे आरोपमा पाकिस्तान प्रहरीले पक्राउ गरेको छ ।


पाकिस्तानको मुजफ्फरगढ जिल्लाका एक प्रहरी अधिकारीले पक्राउ परेकी महिलाको नाम आसिया बिबी रहेको बताएका छन् ।

आसियाले श्रीमानलाई विष राखेको दूध दिएपनि तत्काल दुध श्रीमानले नपिएपछि पछि आसियाकी सासुले त्यही दूध लस्सीमा मिसाएर परिवारका २७ सदस्यलाई दिएकी थिइन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एक पुरुषलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति आसियाका प्रेमी रहेको गाउँलेले बताएका छन् । आसियाकी काकीलाई पनि हत्याको योजना बनाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

विष मिसाइएको लस्सी खाएका १५ जनाको ज्यान गएको छ भने अरु १२ जना बिरामी भएका छन् । २१ वर्षकी आसियाको गएको सेप्टेम्बरमा २५ वर्षका अम्जद अक्रामसँग परिवारले विवाह गराएका थिए ।

आसियाले पहिले दूधमा माउसुली खसेको बताएकी थिइन् । तर पछि उनले आफूले नै दूधमा विष मिसाएको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्