सुनको भाउ घट्यो, किन्ने होइन ?


 


काठमाडौं, कात्तिक १५
सुनचाँदीको भाउ आज घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि आज घटेको छ ।

चाँदी प्रतितोल पाँच रुपैयाँले घटेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्