माछा मार्न जाँदा करेन्ट लागेर १ को मृत्यु, ३ घाइते


 


झापा, कार्तिक १५

झापाको बिर्तामोड नगरपालिका–२ स्थित अदुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अन्य तीन जना घाइते भएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–२ का कृष्ण लिम्बु रहेका छन् । बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय अबिशेक राई, १९ वर्षीय बिमल रेग्मी र आभाष राई घाइते भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उक्त खोलामा करेन्ट लगाएर माछा मर्ने क्रममा कृष्ण लिम्बुलाई अचानक करेन्ट लागेको थियो । घाइते लिम्बुलाई उपचारका लागि बिर्तासिटी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्