विदेशबाट फर्केका युवाले खोले उपत्यकामा तीन मार्ट


 


काठमाडौं, कात्तिक १४
लामो समय खाडी लगायत विभिन्न मुलुकमा काम गरेर फर्केका युवाहरूको समूहले उपत्यका तीन स्थानबाट मार्ट सञ्चालनमा ल्याएका छन् ।

एक्प्रेस मार्टको नाममा कारोबार शुरु गरेका उनीहरुले हाल पेप्सीकोला, पुरानो वानेश्वर तथा हात्तीवनमा बाट सेवा दिएका हुन् ।

आगामी दिनमा देशको विभिन्न ठाउँमा शाखा बिस्तार गर्ने उद्देश्य लिएका उनीहरुले विदेशमा छँदा सिकेको सीप प्रयोग गरेर व्यवसाय सुरु गरेको बताएका छन् ।

यसैबीच मार्टले दशै, तिहार तथा छठ लगायतका पर्वको अवसरमा ग्राहकको हौसला स्वरुप चिठ्ठा प्रथाबाट दुई भाग्यसाली विजेतालाई उपहार प्रदान गरीएको छ ।

जसअनुसार प्रथम विजेता पेप्सीकोला निवासी रिबास जिसीले रु १ लाख मूल्य बराबरको चेज यूएचडी फोर के ५५ इन्च स्मार्ट टिभी जितेका छने भने, दोश्रो विजेता हुसेनी रैनले ३७ हजार ९९० मूल्य बराबरको समसुङ फ्रिज पाउका छन् ।

विजेतालाई मार्टका कार्यकारी निर्देशक फणिन्द्रबहादुर पाण्डेले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्