जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रकाउ


 


काठमाडौं, कात्तिक १४
सर्वाेच्च अदालतबाट जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रकाउ परेका छन् । ओखलढुंगाका उज्वन श्रेष्ठको हत्या अभियोगमा ढुंगेलले सजाए पाएका थिए ।

सर्बोच्च अदालतबाट सर्वस्व सहित जन्मकैदको सजाय तोकिएका ढुंगेल सिआइबीको टोलीद्धारा पक्राउ परेका हुन् । लामो समयदेखी फरार रहदै आएका माओवादी केन्द्रका नेता समेत रहेका ढुंगेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए । माओवादी नेताहरुको उच्च संरक्षणमा खुलेआम ढुंगेल हिडडुल गर्ने गरेका थिए भने प्रहरी मुखदर्शक बन्दै आएको थियो ।

उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जेल चलान गरिएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्