कति छ आज सुनको भाउ ?


 


काठमाडौं, कात्तिक १४
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । त्यस्तै आज पनि चाँदी ७ सय ५५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्