सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, कात्तिक १३
सुनको भाउ आज घटेको छ । साताको दोस्रो दिन आज सुनको भाउ दुई सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भयो । हिजो सुनको मूलय ५५ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँ घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्