यौनकाण्ड सार्वजनिक हुने डरले भाईको हत्या गरेकी प्रियंकाले गरिन प्रहरी चौकीमै आत्महत्या


 


काठमाडौं, कार्तिक १२

भाइको हत्या आरोपमा पक्राउ परेकी  १६ वर्षीया प्रिय‌ंका साहले सिरहाको विष्णुपुर प्रहरी चौकीमै पासो लगाउएर आत्महत्या गरेकी छन्।

सिरहाको कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको हत्या उनका साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको भन्दै प्रहरीले आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो।

ईलाका प्रहरी कार्यालय मिर्चैयामा सार्वजनिक गरिए पनि कैदी राख्ने ठाउँ नभएपछि विष्णुपुर पुर्याइएकी प्रियंकाले त्यही शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए। प्रियंका बहाना बनाएर शौचालय प्रवेश गरेको र आत्महत्या गरेको प्रहरीले बताएको छ ।

बालक हत्यामा संलग्न अभियुक्त १४ वर्षीय सञ्जय र १६ वर्षीया प्रियंकालाई मिर्चैया इलाकाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। भैंसी चराउन जाँदा शारीरिक सम्पर्क गरेको दृश्य भाइले देखेको र परिवारमा भन्ने डरले उसको हत्या गरेको वयान उनीहरुले प्रहरी समक्ष दिएका थिए।

रहस्य सार्वजनिक गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेकी दिन प्रियंकाले प्रहरी चौकीको शौचालयमा आत्महत्या गरेकी हुन्। ‘कात्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियंकासँग सञ्जयले यौनसम्पर्क राखेका रहेछन्’, प्रहरी नायब उपरीक्षक बज्राचायले पत्रकार सम्मेलनमा भनेका थिए, ‘त्यो दृश्य भवेशले देखेका थिए । त्यसैले अरूलाई सुनाइदिन्छ कि भनेर प्रियंका र सञ्जयले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्