भोजपुरको एमाले र माओवादीका दुई सम्पर्क मञ्च एक


 


काठमाडौं, कात्तिक १२
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा(एमाले) भोजपुर काठमाडौ सम्पर्क मंच र नेकपा (माओवादी केन्द्र) भोजपुर काठमाडौं सम्पर्क मंचको संयुक्त भेला काठमाडौंमा भएको छ ।

वाम गठबन्धनलाई जिताउन दुई संगठन एक भएका हुन् । पार्टी एकीकरण गर्ने गरि एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरिसकेकोले निर्वाचनमा एक भएर जान भेलाको आयोजना गरिएको एमाले भोजपुर–काठमाडौ सम्पर्क मंचका अध्यक्ष रेजिन श्रेष्ठले बताए ।

अगुवा कार्यकर्ता सबैको राय सल्लाह पछि ५०१ सदस्यीय संयुक्त बाम गठबन्धन भोजपुर–काठमाडौं सम्पर्क मंच, निर्वाचन परिचालन कमिटीु गठन गरिएको छ ।

यो सिंगो कमिटीलाई परिचालन गर्ने गरि एमाले सम्पर्क मंचका रेजिन श्रेष्ठको अध्यक्षतामा ४ सदस्यीय मूल समिति गठन गरिएको माओवादी केन्द्र भोजपुर–काठमाडौं सम्पर्क मंचका अध्यक्ष जगबिर राईले जानकारी दिए ।

सदस्यमा एमालेबाट दिलिप राई र माओवादी केन्द्रबाट बसन्त राई र कपिल राई रहेका छन् ।

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्