फेरी अर्को सडक दुर्घटना : ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टियाे


 


चितवन , कात्तिक १२

भरतपुर महानगरपालिकाको आँपटारी जंगल नजिक ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर रहेको  छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो ।

गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ । ट्रिपर चालक फरार रहेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।  बस चालक भने घाइते भएपछी उनको उपचार भइरहेकाे छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्