पर्वतका बाम दलको स‌ंयुक्त उद्घोष, ‘एमालेले हसियाँ हथौडा र माओवादीले सूर्य चिन्हमा मतदान गर्न नहिचकिचाउँ’


 


काठमाडौं, कात्तिक ११

पर्वतका एमाले तथा माओवादी नेताहरुले एक दुबै पार्टीको तर्फबाट उमेदवारलाई भोट हाल्न हिचकिचाउन नहुने बताएका छन् ।

एमाले र माओवादी बीचको बाम गठबन्धन योजनालाई सफल पु¥याउने उद्देश्यले आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरुले माओवादीले सूर्य चिन्हमा र एमालेले हसियाँ हथौडा मतदान गर्न संयुक्त रुपमा आह्वान गरेका हुन् ।

नेकपा एमाले पर्वत काठमाडौं सम्पर्क मञ्च र माओवादी केन्द्र पर्वत काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा काठमाडौंमा शनिबार बृहत कार्यकर्ता भेला आयोजना भएको थियो ।

भेलालाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष पदम गिरीले टोल टोलमा भएको अन्तरबिरोध हटाएर दुबै पार्टीका उमेदवारलाई जिताउन एक जुट हुनुपर्ने बताए ।

“बाम शक्तिबीचको एकताले श्रमजिवी जनतालाई उत्साहित र गौरवाम्भित बनाएको छ,” उनले भने, “निर्वाचनमा मुखमा आएको बेला भोली बाम एकता गर्ने उद्देश्य लिएको छ । यसलाई सफल पार्न कार्यकर्ताको साथ हुनुपर्छ ।”

त्यस्तै, माअ‍ोवादी नेता उमकान्त भूर्तिलले नेतृत्वले खास समयमा कुनै निर्णय लिनुपर्ने र यो उपर्युक्त समय भएको बताए । उनले पनि विगतको तिक्तता हटाउँदै माओवादीले एमालेको र एमालेले माओवादीको कार्यकर्ता भएको मान्नुपर्ने बताए ।

त्यस्तै एमाले निवर्तमान सांसद विकास लम्सालले बाम एकतापछि पर्वतमा आफूहरुको जित सुनिश्चित भएको बताए । उनले भने, “बाम एकताले सबै कार्यकर्तामा उत्साह छाएको छ । हामीले जितिसकेका छौं । अब, १० हजारभन्दा बढी मतले जित्नुपर्ने जिकिर गरे ।”


माओवादी पोलिटब्युरो सदस्य नेत्र अधिकारीले बाम एकताले आम कार्यकर्ता र नेपालीमा उत्साह छाएको बताउँदै सबै पक्षलाई जिताउन लाग्नुपर्ने धारणा राखे ।

एमाले पोलिटब्यूरो सदस्य बेदुराम भूषालले नेपाली क्रान्तिले एउटा चरण पार गरेको बताए । उनले देश सामान्ति युगबाट पूँजीबादी युगमा पु¥याउन दुई पुस्ता खर्च भएको र अब समाजवाद उन्मुख अर्थतन्त्र निमार्ण गर्ने अबको दायित्व भएको बताए ।

भूषालले अब समाजवाद तर्फ जाने शक्तिले मुलुकको नेतृत्व लिने समय आएको धारणा राखे । “अहिलेको बाम एकता सोही नेतृत्व निमार्णका लागि हो । यो आजको आवश्यकता भएकाले एमाले माओवादी कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ,” उनले भने ।


कार्यक्रममा एमाले केन्द्रीय सदस्य विजय गुरुङ, केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश पौडेल, निवर्तमान सांसद कल्पना चापगाईँले बाम शक्तिको एकता देखेर बिरोधी अत्तालिएको बताउँदै सबैलाई एक हुन आग्रह गरे ।

कार्यक्रमकको अध्यक्षता गरेका एमाले पर्वत काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण गदालले बाम गठबन्धनले एकजुट भएर सांसदमा बहुमत ल्याउँदै सरकार निमार्ण गर्नुपर्ने बताए ।

यता जनसम्पर्क मञ्च काठमाडौंका अध्यक्ष चाेकनारायण काफ्लेले कार्यक्रमकाे सञ्चालन गर्दै बाम गठबन्धनलाई सफल बनाउनु सबै कार्यकर्ता र बाम पक्षधरकाे दायित्व भएकाे बताए ।

सम्पर्क मञ्चका उपाध्यक्ष शिव पौडेलले नेतृत्वले देशलाई समृद्ध बनाउन कम्युनिष्ट जनता र कार्यकर्ताको भावना बुझेर अगाडि बढेको बताए । उनले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

भेलामा एमाले प्रदेशसभा सदस्य माेती पाैडेल, जिल्ला उपाध्यक्ष भक्त कुँवर, सचिव पदमपाणी शर्मा, उपसचिव गाेविन्द पहाडी ललगायत नेता कार्यकर्ता भेला भएका थिए।

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्