त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४ अझै बेपत्ता(अपडेट)


 


धादिङ, कात्तिक ११

राजबिराजबाट काठमाडौं आइरहेको यात्रुबस त्रिशुलीमा खस्दा हालसम्म ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन । राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका बांगेमोडबाट त्रिशुलीमा खसेको थियो ।

शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये ३१ जनाको शव निकालिएको छ । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।

घाइते मध्ये १४ जनाको गजुरी अस्पताल र बाँकी २ जनाको काठमाडौं बीर अस्पतालमा उपचार भैरहेको छ । बसमा ५० भन्दा बढी यात्रु रहेको बताइएको छ । राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर खचाखच यात्रु भरेको थियो

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्