त्रिशुली बस दुर्घटना अपडेट : १७ को मृत्यु, १६ जना घाइते


 


धादिङ, कात्तिक ११

राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।


धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतका अनुसार घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिनुभयाे ।

अझै बसभित्र धेरै हराइरहेको हुन सक्ने र बस क्रेनबाट निकाल्न लागिएको प्रहरी ले जनाएको छ ।


सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्