कर्मघर पुग्दा राष्ट्रपति भण्डारी भावुक


 


ताप्लेजुङ, कार्तिक ११

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार कर्मघर ताप्लेजुङ पुग्दा भावुक बनेकी छन् । राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि पहिलोपटक शुक्रबार भण्डारी वाम आन्दोलनका लोकप्रिय नेता मदन भण्डारीको जन्मघर पुगेकी हुन् ।

दुई छोरीसहित कर्मघर पुगेकी राष्ट्रपति आँगनमा पाइला राख्दा भावुक बनेकी थिइन् । ताप्लेजुङको ढुंगेसाँघुमा २००९ सालमा जन्मिएका मदन र विद्यादेवीको विवाह ०३९ सालमा भूमिगत अवस्थामै भएको थियो । -अन्नपूर्ण पाेष्ट

 

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्