झापा तनाबग्रस्त, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु


 


झापा, कात्तिक १०
बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् । विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीको गोली चलाएको थियो । प्रहरीले १४ राउण्ड गोली चलाएको थियो ।

गोली लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्