मोरङमा मतदान केन्द्रको संख्यामा वृद्धि


 


विराटनगर, कात्तिक १०
मोरङमा मतदाताको संख्यामा वृद्धि भएपछि मतदान केन्द्रको संख्यामा पनि वृद्धि हुने भएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको ३०० मतदानस्थलका ६६९ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो भने दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुनगइरहेको निर्वाचनका लागि ८९ वटा नयाँ मतदान केन्द्र थप गरिएपछि ७५८ वटा मतदान केन्द्र हुनेभएको छ ।

जिल्लामा ६ लाख ४४ हजार ७८३ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनको समयमा पाँच लाख ६३ हजार ८७० मतदाता रहेका थिए ।

निर्वाचन आयोगको कार्यालयले फोटोसहितको मतदाता सूची संकलन थालेपछि ९० हजार ९१३ मतदाता थपिएका निर्वाचन आयोगको कार्यालय, विराटनगरले जनाएको छ ।

एक महानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको मोरङमा ६ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश क्षेत्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्