सुनको भाउ घट्यो, कति छ आज ?


 


काठमाडौं, कात्तिक १०
साताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य ५५ हजार ७ सय रुपैयाँ थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ७ सय ६० रुपैयाँ थियो ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्