भाेजपुरका बन्द भएका ग्रामीण सडक सञ्चालनमा


 


भोजपुर, कात्तिक  १०

वर्षायाम शुरु भएसँगै बन्द भएका भोजपुर जिल्लाका ग्रामीण सडक सञ्चालनमा आएका छन् । वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो ।

यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन् ।

तालिका अनुसार भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमानास्थित चखेवा भञ्ज्याङका लागि दैनिक दुईवटा (बिहान र अपराह्न) र दाँवा, बलौटेका लागि दैनिक एकवटा बसले सेवा दिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो ।

त्यस्तै, उत्तरमा दिङ्ला तथा दक्षीणमा घोरेटार लगायतका ठाउँमा भने साना ट्याक्सी सञ्चालनमा ल्याइने भएको छ । ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन भएपछि भोजपुरलगायत खोटाङका सर्वसाधारणलाई आवतजावतमा निकै सहज भएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्