कांग्रेसका शीर्ष नेताले टुंग्याए आफ्नो निर्वाचन क्षेत्र, को कहाँबाट उठ्दैछन् ?


 


काठमाडौं, कात्तिक ९
कांग्रेसका शीर्ष नेताले आफू उठ्ने निर्वाचन क्षेत्रको टुंगो लगाएका छन् । विहिबार कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु चुनाव उठ्ने क्षेत्र टुंग्याएको हो ।

जसअनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधि सभामा उठ्ने भएका छन् । यहाँ कांग्रेस नेता गोविन्दराज जोशीले आफूले पाउनु पर्ने माग राख्दै लफडा गरिराखेका थिए ।

त्यस्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधि सभामा उठ्ने भएका छन् । यसअघि भोजपुरबाट चुनाव लड्दै आएका कार्कीले यो पटक सुनसरी झरेका हुन् ।

यस्तै काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र ५ बाट प्रकाशशरण महतले टिकट पाएका छन् । गोपालमान श्रेष्ठ स्याङ्जा २, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार बन्ने भएका छन् भने मिनेन्द्र रिजाल मोरङ २, महेश आचार्य ४ र शेखर कोइराला ६ नम्बर क्षेत्रबाट चुनाव लड्नेछन् ।

तीर्थ लामा काभ्रे १ बाट, प्रेमचन्द्र दाहाल सिन्धुली १ र नरेन्द्रजंग थापा सिन्धुली २ बाट, फरमुल्लाह मन्सुर वारा ३ बाट, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, नारायण खड्का उदयपुर १ र नारायणबहादुर कार्की २ बाट चुनाव लड्नेछन् ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्