उम्मेदवारहरु भाेट माग्न घरदैलाेमाे पुग्न थाले


 


रसुवा,  कात्तिक  ९

आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले आजदेखि गाउँगाउँमा मत माग्न शुरु गरेका छन् ।

एक क्षेत्र र दुई प्रदेशबाट तीनजना प्रतिनिधि चयन हुने रसुवामा २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका र निर्वाचन चिह्न पाएलगत्तै उम्मेदवारहरु मतदातामाझ गइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा ११ जना, १ नं प्रदेशमा सात र २ नं प्रदेशमा पाँचजना उम्मेदवारको मनोनयन दर्ता भएकामध्ये दुईजना प्रतिनिधिसभामा र एकजना प्रदेश सभामा महिला उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेश सभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपाल एवं वाम गठबन्धनबाट नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), लिबरल डेमोक्रेटिक, मंगोल नेशनल एकीकृत, राप्रपा राष्ट्रवादी र नेमकिपाले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्