बाबुरामलाई चुनाबको मुखमा ठुलो झड्का, गोरखाका नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रमा प्रवेश


 


काठमाडौं, कात्तिक ९

गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य जीत बहादुर घले, तमु परिषदका केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत बहादुर घले, बल बहादुर घले, वाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थीहरुको किल्ला भएको बताउनु भएकाे िथयो ।

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताउनुभएकाे थीयो ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं.–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं.–१ का उम्मेदवार  हरिराज अधिकारीलगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्