कांग्रेस प्रवक्तामा गगन थापा मनोनित


 


काठमाडौं, कात्तिक ९
नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता गगन थापा मनोनित भएका छन् । कांग्रेस केन्द्रिय सदस्य समेत रहेको थापालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा मनोनित गरेका हुन् ।

कांग्रेसको पार्टी प्रवक्ता लामो समयदेखी रिक्त थियो । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका पर्खर युवा नेता थापालाई पार्टी प्रवक्तामा मनोनित गरेपछि कांग्रेसजन खुसी भएका छन् ।

थापाले कांग्रेसको प्रवक्ताको जिम्मेवारी आजैबाट सम्हालेका छन् । थापा कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उठेर पराजित भएका थिए । लगत्तै उनलाई देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका थिए ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्