मोरङ कारागारमा ४२ जना मानसिक रोगी


 


पथरी (मोरङ), कात्तिक ९
मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् ।

कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ ।

कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेसज्ञ डा रोशन पोखरेलले भन्नुभयो “कारागारका मानसिक रोगी उपचारका लागि यहाँ आउन त आइरहन्छन् तर संख्या यति हो भन्ने यकिन छैन ।”

ती मानसिक रोगीमा झोक्र्याउने, त्रसिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उहाँले बताउनुभयो । चार सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ।अहिले ७५५ कैदीबन्दी छन् । रासस

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्