निर्वाचन आयोगद्वारा अन्तिम नामावली प्रकाशन,१०० जनाको उम्मेदवारी फिर्ता (सूचिसहित)


 


काठमाडौं कात्तिक ८

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा प्रदेश र प्रतिनिधिसभा चुनावमा ७०२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेशसभातर्फ ४८१ जनाको उम्मेदवारी परेकोमा ६० जनाले फिर्ता लिएका छन् । यस्तै प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारहरुमध्ये ४० जनाको उम्मेदवारी फिर्ता भएको छ ।

बुधबार उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर निर्वाचन आयोगले बुधबार नै चुनाव चिन्ह पनि दिएको छ । दलका उम्मेदवारले पार्टीको आधिकारिक चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्रहरुलाई अलग्गै चुनाव चिन्ह प्रदान गरिएको छ ।

मंसिर १० मा हुने पहिलो  चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।

को कहाँका उम्मेदवार  ? हेर्न यहाँ क्लिक गर्नुहोस्  http://result.election.gov.np/

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्