आगामी चुनाबमा सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्विकृती


 


काठमाडौं ,कात्तिक ८ ।

राष्ट्रपति विद्या देबी भण्डारीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । मन्त्रीपरिषदको सोमबार गरेको सिफारीसमा आज स्विकृत दिनुभएको हो ।

अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुपमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ६६ को उपदफा २ बमोजिम सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो ।

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्