एमाले नेता शर्माको प्रदेशबाट स्वतन्त्रमा उमेद्वारीको दर्ता


 


सल्लेरी (सोलुखुम्बु),  कात्तिक ८

नेकपा (एमाले) सोलुखुम्बुका नेता लोचनकुमार शर्माले स्वतन्त्र हैसियतमा प्रदेश सभा चुनाव लड्ने हुनुभएको छ ।

सोलुखुम्बुको प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेता शर्माले आज उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा फिर्ता नगरेपछि चुनाव लड्ने निश्चित भएको हो ।

मंगलबार पत्रकार सम्मेलनमा एमाले अध्यक्ष मानवीर राईले लोचनकुमार शर्माले उम्मेदवार फिर्ता लिने विश्वास व्यक्त गर्नुभएको थियो । लामो समय आफ्नो ऊर्जाशील समय र जीवन पार्टीमा खर्चदा पनि पार्टीले उचित स्थान नदिएको शर्माको गुनासो छ । उहाँले स्थानीय तहको निर्वाचनमा नेचा सल्यान गाउँपालिका प्रमुखको समेत दाबी गर्दै स्वतन्त्र उम्मेदवार समेत दिने उद्घोष गर्नुभएको थियो ।

एमाले नेता उत्तमकुमार बस्नेतलाई प्रदेश ‘क’ मा उम्मेदवार बनाएको छ भने काँग्रेसबाट प्रकाशसिंह कार्की उम्मेदवार बन्नुभएको छ । शर्माको उम्मेदवारीले बस्नेतलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे कडा कारबाही गर्ने एमाले केन्द्रीय तहका नेताहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्