बाम गठबन्धनबाट बाबुराम बाहिरिनुको यस्तो छ रहस्य


 


काठमाडौं, कार्तिक ८

बाम गठबन्धनमा राता–रात भित्रिएका बाबुराम भट्टराई १० दिन पनि टिक्न नसक्नुको मुख्य कारण बाहिय दबाब भएको खुलासा भएको छ । गठबन्धनमा आउँने बेला कुनै ठुलो बार्गेनिङ नगरेका भट्टराई भारत लगायतका देशको दबाब थेग्न नसक्दा आफ्नो पार्टीको हैसियतभन्दा धेरै सिट मागेर बाम गठबन्धनसँग निउ खोजेका थिए ।

उनले गोरखा दुई नपाएको र आफ्नो पार्टीले माग गरेको सिट नपाएका कारण गठबन्धनबाट बाहिरीएको बताएका थिए । तर, विश्वस्त स्रोतका अनुसार उनलाई गठबन्‍धनले गोरखा १ दिन तयार भएको र पार्टी हैसियतअनुसार सिट दिन पनि तयार थियो ।

तर, उनी दबाब थेग्न नसक्दा अस्वभाविक माग राख्दै गठबन्धनबाट बाहिरिको स्रोतको भनाइ छ ।   बाम गठबन्धनमा आउँदा नै शंकाको घेरामा परेका भट्टराईले जब अस्वभाविक रुपमा प्रतिनिधिसभामा २३ तथा राष्ट्रियसभामा ४४ ससट मागेका थिए ।

बाम गठबन्धनमा सामेल भएको ७ दिन नबित्दै बाबुराम कांग्रेससँग गठबन्धन बनाएर यतिबेला गृह जिल्ला गोरखामा व्यस्त छन् ।

२०७५ सालमा देशकै पहिलो शक्ति बन्ने सपना बोकेर माओवादीबाट बाहिरिएका बाबुरामलाई  स्थानीय निर्वाचनमा  नयाँ शक्तिले २ सिट मात्र जित्दा ठूलो झड्का लाग्यो ।

त्यसपछि नयाँ शक्तिमा रहेका बाबुरामका विश्वासपात्र देवेन्द्र पौडेल लगायतका अधिकांश पूर्वमाओवादी नेता–कार्यकर्ता माओवादी केन्द्रमै फर्किए । त्यही झड्काले बाबुराम जसरी पनि सुरक्षित राजनीतिक अवतरण चाहन्थे, एमाले–माओवादी समीकरणमै मिसिनु उनले मौकामा चौका ठाने । असोज १७ गतेको बाम तालमेल सभामा बाबुरामले एकता र समाजवादको वकालत गरे । तर, आफ्नो ७ मिनेट लामो भाषणमा माक्र्सवादको भने उच्चारण गरेनन् ।

बाम गठबन्धनबाट बाहिरिने बहानाका लागि स्थानीय चुनावमा ७१ हजार मत पाएको नयाँ शक्तिले संघीय संसदमा २३ सिट र प्रादेशिक संसदमा ४४ सिट माग्यो । अन्तिममा प्रत्यक्षमा १ सिट पनि जित्न कठिन भएको नयाँ शक्ति सम्मानजनक सिट नपाएको दावीसहित गठबन्धनबाट बाहिरियो ।

एमाले–माओवादी गठबन्धनमा संघमा २३ र प्रदेशमा ४४ सिट दावी गरेको नयाँ शक्ति संघमा २ सिट र प्रदेशमा ४/५ सिट लिएर कांग्रेस गठबन्धनमा सामेल भएको छ ।

 बाम गठबन्धनसँग बाबुरामले संघ र प्रदेशमा दाबी गरेका क्षेत्र र उमेदवारको नाम : 

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्