फेरि ६.६ म्याग्निच्युडको भूकम्प
जाकार्ता, इन्डोनेसिया, कात्तिक ७
इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।
विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ ।
स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताउनुभयो ।
भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको,उहाँले सिन्ह्वा न्युज एजेन्सीलाई टेलिफोनमार्फत बताउनुभयोे । रासस/सिन्ह्वा
प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार