समानुपातिक उमेदवारको बन्दसूची सच्याउन आजदेखि पाइने, कसरी ?


 


काठमाडौं, कार्तिक ७

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि पेश गरिएको उमेदवारको बन्दसूची सच्याउने समय आजदेखि सुरु भएको छ ।

समानुपातिक निर्वाचनमा भाग लिन आयोगमा दर्ता ८८ दल दर्ता भएपनि उमेदवारी भने ४९ दलले मात्रै पेश गरेका थिए ।

निर्वाचन कार्यातालिका अनुसार उमेदवारको सूची जाँच गरेपछि सच्याउने ६ दिन अर्थात कात्र्तिक १२ गते सम्मको समय दिइएको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ चुनिने ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि दलहरूले बन्द सूची पेश गरेका थिए ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिक सूचीमा कम्तिमा ११ जना र बढीमा ११० जनाको नाम पेश गर्न पाउने व्यवस्था छ । त्यसमा पनि कम्तिमा ५० प्रतिशत महिलासहित प्रतिशतका आधारमा जनजाती, खस–आर्य, मुस्लिम, मधेसी, थारु, दलितको प्रतिनिधित्व जनसंख्या प्रतिशतका आधारमा हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्