कांग्रेसको समानुपातिक सूचीमा श्रीमती, प्रेमिका र धुपौरेहरू (नामसहित)


 


काठमाडौं, कात्तिक ७
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेको निर्णय बिपरित समानुपातिकबाट सांसद बनेकालाई पुनः समानुपातिक तर्फ उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर, सो निर्णय माइन्युट गर्ने बेलामा पार्टी सभापति शेबहादुर देउवाको निर्देशनमा पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई निर्णयभन्दा फरक शब्द माइन्युटमा लेख्न लगाइयो ।

त्यसमा अपवादवाहेकलाई भन्ने शब्द छिराएर आफ्ना नजिकका नाता र दातालाई समानुपातिकमा राख्ने रणनीति रहेको पछि थाहा भएको छ ।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीमा समानुपातिकतर्फ पार्टी सभापति देउवा र संसदीय वोर्डका सदस्यहरूले आ–आफ्ना श्रीमती र प्रेमिका तथा धुपौरे महिलाको नाम समावेश गरेका छन् । यो खबर जनप्रहार साप्ताहिकले छापेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गर्लफ्रेण्ड भनेर चिनिएकी तेह्रथुमकी सीता गुरूङ र मकवानपुरकी महालक्ष्मी उपाध्याय डिनालाई देउवाको ठाडो आदेशमा पार्टी केन्द्रीय कार्यसमितिको निर्णय उल्टाउँदै पुन समानुपातिकमा नाम राखिएको छ ।

यी दुवै महिला यस्ता भाग्यमानी हुन् जो २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा दुई पटक देउवाबाट समानुपातिक सांसदको बक्सिस पाए ।

उपाध्याय पार्टीको महाधिवेसनमा केन्द्रीय सदस्यमा पराजित भए पनि मनोनीत हुन पाउने भाग्यमानी हुन् । उपाध्याय श्रीमानबाट अलग भएकी महिला हुन् भने सीताले दुई वर्षअघि मात्र पोखराका एक युवकसँग विवाह गरेकी छिन् ।

सीता समानुपातिक सांसद भए पनि हाल भौतिक पूर्वाधारा तथा यातायात व्यवस्था राज्यमन्त्री बन्न पाउने भाग्यमानी हुन् । बारा स्थायी घर भएकी मधु शाही ठकुरी यसअघि समानुपातिक सांसद थिइन् । उनलाई संसदीय वोर्डका सदस्य फरमुल्लाह मन्सुरको प्रेमिका भएको आरोप लाग्ने गरेको छ ।

बंगलदेशका लागि नेपाली राजदूत चोपलाल भूषालकी श्रीमती पुष्पा भूषाल संसदीय वोर्डका सदस्य खुमबहादुर खड्कासँग अन्तरंग सम्बन्ध भएकी कानून व्यवसायी हुन् । समानुपातिकमा २०७० मै सांसद भएकी शीला खड्का पुनः समानुपातिकमा सिफारिस भएकी छन् ।

उनी कांग्रेस नेता खुमबहादुर खड्काकी धर्मपत्नी हुन् ।कमला पन्तले गोरखा स्थायी घर भएर काभ्रे कांग्रेसका सभापति मधु आचार्यसँग विवाह गरेकी छन् ।

पार्टी नेता रामचन्द्र पौडेलकी विश्वास पात्र पन्त २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी छन् । उनी पुन पौडेलको निगाहमा समानुपातिकतर्फ नैं उम्मेदवार बनेकी छन् ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता पनि २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भएकी थिइन् र उनी यस पटक पनि समानुपातिक प्रणालीबाटै सांसद बन्ने भएकी छन् ।

सुजातालाई समानुपातिकमा राख्न महामन्त्री डा. शशांक कोइरालाले दबाब दिएका थिए । पार्टीकी पूर्वकेन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादव र वर्तमान कोषाध्यक्ष सीतादेवी यादव प्रत्यक्षतर्फ चुनाव लड्दा पराजित हुने डरले समानुपातिकमा उम्मेदवार बनेका छन् ।

चित्रलेखा यादव २०७० सालको संविधानसभा निर्वाचनमा पनि समानुपातिकतर्फबाट सांसद थिइन् ।

संसदीय वोर्डका अर्का सदस्य बालकृष्ण खाँडले श्रीमती मञ्जु खाँडको नाम समानुपातिकमा राखेका छन् । संसदीय बोर्डका अर्का सदस्य डा। मीनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री सुशील कोइरालाकी वैदेशिक सल्लाहकार मृदुला कोइरालाको नाम राखेका हुन् ।

सभापति देउवाले आफ्नै श्रीमती डा. आरजु देउवा राणालाई समेत समानुपातिकमा राख्ने भएका छन् । कांग्रेसका करिब एक सयजना समानुपातिक सांसदमध्ये ७० बढी सांसद प्रत्यक्ष र समानुपातिकको टिकटबाट यस पटकको प्रदेशसभा र प्रतिनिधिसभामा टिकट नपाउने भएका छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्