दुई अर्बको बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, तपाई पनि खरिद गर्ने हैन ?


 


काठमाडौँ, कात्तिक ६
नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो ।

आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।

बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्