साडीमै सुमित्राको दौड र पुस अप !


 


काठमाडौं,  कार्तिक ७

महिला त्यसमा पनि दलित । सुमित्रादेवी पासवानले म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँमा हँसिमजाक गर्ने धेरै भए । गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा सुमित्रालाई गाउँलेले के भन्लान् भन्ने होइन, सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता छ ।

उनले महोत्तरी सदरमुकाम जलेश्वरमा म्यादी प्रहरीका लागि आवेदन दिइन् । ४६७० नम्बरको प्रवेशपत्र बोकेर सोमबार शारीरिक परीक्षा दिन पुगेकी सुमित्रासँग प्रतिष्पर्धा गर्न आठ हजार ९ सय ५८ प्रतियोगी भेला भइसकेका थिए । तर, जब तीन सन्तानकी आमा सुमित्रा साडीसँगै घुम्टो ओढेर कुद्न थालिन, भुसतिघ्रे युवाहरु पनि हस्याङफस्याङ गर्दै उनलाई पछ्याउन बाध्य भए ।

दौड मात्र होइन, पुसअपलगायत परीक्षामा पनि धेरै युवा फेल भए, सुमित्रा पास भइन् । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्