काठमाण्डौमा साना हतियार को बिगबिगी,गोंगबुबाट ४ जना पक्राउ


 


काठमाडौँ,  कात्तिक  ६

काठमाडौंको गोंगबु स्थित् शिवमन्दिरबाट हातहतियार सहित चार जना व्यक्तिहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बाका १९ वर्षिय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभ्रेको  छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेर शरिर खानतलासी गर्दा जीबन श्रेष्ठले बोकेको झोलाबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग भएको गोली एक थान बरामद भएको थियो । सो समूहले प्रयोग गर्दै आएको ना. ३७ प ९३८० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका ब्यक्तिहरुलाई हतियार तथा खरखजाना सहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्