शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण


 


काठमाडौँ, कात्तिक ६

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ ।


राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्को बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्