घुससहित तीन कर्मचारी पक्राउ


 


इटहरी, कात्तिक ६
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई २० हजार नगदसहित आज पक्राउ गरेको छ ।

अख्तियारको टोलीले इलाका प्रकाशन कार्यालयमा कार्यरत नासु हर्कराज राई, नासु युवराज पोख्रेल र नासु मोहन सुवेदीलाई अख्तियारका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको जानकारी दिएको छ ।

सुनसरी बराह नगरपालिकाको बराह क्षेत्रका सेवाग्राहीले शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्ममिति एक महिनाको फरक भएपछि मिलाउन कार्यालय जाने क्रममा सेवाग्राहीसँग २० हजार माग गरेपछि उनले अख्तियारमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरी नायब उपरीक्षक रिजाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति फरक पर्दा भविष्यमा अप्ठ्यारो पर्ने भन्दै तिहारअगाडि नै नागरिकता सच्याउन गएका ती सेवाग्राहीसँग २० हजार माग गरेको र ती सेवाग्राहीले अख्तियारमा उजुरी दिएका कारण छापा मार्ने क्रममा तीनै जनालाई घूस लिएको रकमसहित पक्राउ गरिएको टोलीमा खटिनुभएका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

पक्राउ पर्ने तीनै जनालाई कानुनी कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो । उनीहरुलाई भोलि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पु¥याइने र प्रक्रियाअनुरुप कारबाही अगाडि बढाइने उहाँले थप जानकारी दिनुभयो ।
रासस

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्