आफ्नै छोरी जवरजस्तीकरण गरेको आरोपमा गोरखामा एक जना पक्राउ


 


गोरखा,कात्तिक ६ ।
आफ्नै छोरीलाई बारम्बार जबरजस्तीकरण आरोपमा गोरखामा एक ब्यक्ती पक्राउ परेका छन । मादक पदार्थ सेवन गरेर बारम्बार जवरजस्तीकरणीको प्रयास गर्ने गण्डकी गाउँपालिका–७ दर्वुङका ४२ वर्षीय उक्त व्यक्तिलाई प्रहरीले शुक्रवार पक्राउ गरेको प्रहरी निरीक्षक कमला नरालले बताउनुभयो ।


आफ्नै बुवाले बारम्वार जवरजस्तीकरणीको प्रयास गरेपछि १९ वर्षीया छोरी कात्तिक २ गते आफ्नो कोठा छाडेर दाइको कोठामा सुतेकी थिइन् । सोही दिन पनि रातको समयमा बुवा मादक पदार्थ सेवन गरेर आएको र आफूलाई कोठाबाट बाहिर जान भनेको पीडितले दिएको उजुरीको आधारमा पक्राउ गरेको प्रहरी निरीक्षक नरालले बताउनुभयो । हातपात गर्न खोज्दा पिडित छोरी चिच्याएसँगै घरका अन्य सदस्यले थाहा पाएका थिए । घरका सदस्यले थाहा पाएसँगै उनीहरुले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पक्राउ परेका उक्त व्यक्तिलाई जबरजस्तीकरणी उद्योग अन्तरगत मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्