रेल दुर्घटना, १९ को ज्यान गयो


 


नयाँदिल्ली साउन २०

भारतको मध्य प्रदेशमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । मध्य प्रदेशको हरदा जिल्लामा कामयनी एकसप्रेस र जनता एक्सप्रेसको केही डिब्बा छुट्टिँदा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा ६ जना बालबालिका, ७ जना महिला र ६ जना पुरुष रहेका विविसीले जनाएको छ ।

त्यहाँका रेल मन्त्रीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । दुर्घटनापछि रेलबाट २ सय भन्दा बढी यात्रुलाई सकुशल बाहिर निकालिएको स्थानिय अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले भारी वर्षाका कारण रेल दुर्घटना भएको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्