आज पनि घट्यो सुनको भाउ, कति छ मूल्य ?


 


काठमाडौं, कात्तिक ६

नेपाली बजारमा पहेलो धातु सुनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य ५६ हजार रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्