तपाईँले मतदान गर्न पाउनुहुन्छ कि पाउनुहुन्न ? यसरी थाहा पाउनुहोस्


 


काठमाडौं, कार्तिक ६

पहिलो चरणको निर्वाचनका लागि दलहरुले मनोनयन दर्ता गरेपछि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुनिश्चित भएको छ ।

मंसिर १० मा हुने पहिलो चर‌णको निर्वाचनमा प्रतिनिधसभाका लागि ३७ तथा प्रदेशको लागि ७४ गरी १११ जना निर्वाचित हुँदैछन् । जसका लागि ८०२ जनाको उमेदवारी परेको आयोगले जनाएको छ ।

अब, निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नका लागि फोटोसहितको मतदाता नामावली हुनुपर्छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले १ करोड ५४ लाख २७ हजार ७३१ फोटोसहितको नयाँ मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ ।

निर्वाचन मिति घोषणाा भएको दिन १८  वर्ष पूरा भएर मतदाता नामावली संकलनमा भाग लिएकाको नामावली आयोगले सार्वजनिक गरेको छ ।
आफ्नो नामावली हेर्नका लागि जिल्ला, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको वडा नम्बर र मतदान केन्द्र चयन गरी सबमिट गरेपछि आफ्नो नामावली हेर्न सकिनेछ ।

हेर्नुहोस् आफ्नो मतदाता नामावली :

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्