राजाको अभिव्यक्ति बारे के भने नेताहरुले?


 


काठमाडौै, कार्तिक ६

पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरहँदा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन्।

पूर्वराजा शाहले भाइटीकाको अवसर पारेर अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफू जिम्मेवारी र नेतृत्व लिन तयार भएको बताएका छन् ।

कान्छी बहिनी शोभा शाहीको निवासमा पुगेर भाइटीका लगाएपछि सञ्चारकर्मीसँग उलने भने, ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वाभाविकै छ तर अब समय आएजस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ ।’

बिनाविभागीय मन्त्री एवं माओवादी नेता टेकबहादुर बस्नेत पूर्वराजाले मौकाको फाइदा लिन खोजे पनि त्यो असम्भव रहेको बताउँछन् । ‘शाहको पुनरुदय सम्भव छैन’, उनले अन्नपूर्णसँग भने, ‘वामपन्थी गठबन्धनविरुद्ध देशी/विदेशी शक्तिले उचालेको भरमा सायद उनी बोलेका होलान् । तर, यसको कुनै अर्थ देख्दिनँ ।’ -अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्