३२ जिल्लामा ८०२ जनाको उम्मेदवारी


 


काठमाडौँ, असोज ५

आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्ला हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको छ ।


आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभा सभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

३२ जिल्लाबाट प्रतिनिधसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ पदका लागि सो संख्यामा उमेदवारी परेको हो ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्