भोजपुरमा कांग्रेस गठबन्धनबाट उम्मेदवारी मनोनयन दर्ता


 


भोजपुुर, कात्तिक ५
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोजपुरमा कांग्रेस गठबन्धनबाट उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस र संघीय समाजवादी फोरम गठबन्धनको टोलीले उम्मेदवारी मनोनयन दर्ता गराएको हो । प्रतिनिधि सभामा कांग्रेसका उमेशजंग रायमाझीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा भोजपर (क) संघीय समाजवादी फोरमका नेता अजम्बर राई काङमाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै भोजपुर (ख) मां कांग्रेसका गोविन्दबहादुर कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

दुई पार्टीका नेता कार्यकर्ता संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी मनोनयन दर्ता गराउन कांग्रेसका उम्मेदवार हेलिकप्टर चार्टर गरेर भोजपुर पुगेका थिए ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्