भोजपुरमा वाम गठबन्धनबाट उम्मेदवारी मनोनयन दर्ता


 


भोजपुुर, कात्तिक ५
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोजपुरमा वाम गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनको टोलीले उम्मेदवारी मनोनयन दर्ता गराएको हो । प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता सुदन किराँतीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा भोजपुर (क) मा एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै भोजपुर (ख) मां एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री शेरधन राईले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

दुई पार्टीका नेता कार्यकर्ता संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्